Suvadin, Home

निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको पोखरेलकाे दावी

एमाले महासचिव ईश्वर पोखरेलले ‘सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको’ प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन्। उनले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै रहेको बताएका हुन्।
एमाले महासचिव ईश्वर पोखरेल।

इलाम, चैत २८ – एमाले महासचिव ईश्वर पोखरेलले ‘सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको’ प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी इलामले सदरमुकाममा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै रहेको बताएका हुन्।

‘यसमा हाम्रो कुनै सहमति भएको छैन्,’ उनले भने। संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप लगाए।

‘प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ, यो कदापि स्वीकार्य छैन्,’ उनले भने, ‘चुनाव हुन नदिने षड्यन्त्रण हो।’ 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताए।

‘जनताको वर्षाैंदेखिको इच्छा, चाहना र आकांक्षा अनुसार निर्वाचनमा भाग लिने अधिकार छ, जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउनु संविधान विपरित हुन्छ,’ उनले भने। रासस 


 

More form the Internet

loading...