Suvadin, Home

Cover Image

नेपाली सीमा नमिचिएको भारतीय दावी

भारतले नेपाली भूभागको सीना नमिचेको दावी गरेको छ ।

काठमाडौं । भारतले नेपाली भूभागको सीना नमिचेको दावी गरेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दावी गरेको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरिएको बताएका हुन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको जनाएका छन् । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने बताएका थिए ।

उनले भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल-भारत सीमा परिमार्जन नगरिएको जनाए ।


 

More form the Internet

loading...