Suvadin, Home

Cover Image

भारतीय दूतावास अगाडि घन्कियो भारत विरोधी नारा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ ।

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय पक्षले नेपाली भूमि कालापानी, लुम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेको आरोप लगाउँदै  अखिलले बिहान ११ देखि साढे १२ बजेसम्म दूतावास घेराउ गरेको हो । 

नयाँ नक्सा खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएको ‘प्लेकार्ड’सहित ‘गो ब्याक इन्डिया’को नारा लगाएका थिए ।

अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले भारतीय सेनाले नेपाली भूमि कालापानी नछाडेसम्म आन्दोलन जारी रहने बताए ।

अमृत क्याम्पसबाट नारा जुलुस गर्दै गएको जुलुस लैनचौरस्थित दूतावास अगाडि पुगेर  धर्नामा परिणत भएको थियो । 


 

More form the Internet

loading...