Suvadin, Home

कश्मिरमा फेरि तनावः भारतीय प्रहरीको गोलीबाट दुई मारिए

प्रायः तनावबाट गुज्रिरहने भारत-पाकिस्तान सीमाक्षेत्र कश्मिरमा बुधबार अर्काे झडप भएको छ। उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। 
सीमा क्षेत्रमा परिचालित भारतीय सुरक्षाकर्मी।

पाकिस्तान, असोज १८ – प्रायः तनावबाट गुज्रिरहने भारत-पाकिस्तान सीमाक्षेत्र कश्मिरमा बुधबार अर्काे झडप भएको छ। उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। 

सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ। सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ। घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ। 

मङ्गलबार मात्र पनि भारत अधिनस्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए। 

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो। (रासस/एएफपी)


 

More form the Internet

loading...