Suvadin, Home

भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित यो ट्वीटले नेपालीहरुको अपमान गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। उनले आफ्नो ट्वीटमा यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन् जस्ता शब्दहरु उल्लेख गरेकी छिन्।
तस्विर: सामाजिक सञ्जाल

काठमाडौं, २८ फागुन – आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेकी छिन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित यो ट्वीटले नेपालीहरुको अपमान गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। उनले आफ्नो ट्वीटमा यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन् जस्ता शब्दहरु उल्लेख गरेकी छिन्।

दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी उनी यसअघि भारतीय कांग्रेसकी नेतृ रहेकी थिईन्। उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत हुन्।भारतीय सांसदको यो ट्वीटले नेपालीहरुको निकै ठूलो अपमान गरेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ।

उनले भारतवासीलाई सम्बोधन गर्दै लेखेको ट्वीटमा यस्तो छ :


 

More form the Internet

loading...