Suvadin, Home

आइजिपी नियुक्तिको अन्तिम सुनुवाइ प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी रिटमा आइतबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा प्रहरी महानिरीक्षक नियुक्तिमाथि सुनुवाइ सुरू भएको हो। बिहीबार बसेको संयुक्त इजलासले प्रधानन्यायाधीशसहितको पूर्ण इजालासमा सुनुवाइ राख्नुपर्ने रायसहितको आदेश गरेको छ। आदेशमा महानिरीक्षक पदका दाबेदार नवराज सिलवाल र जयबहादुर चन्द दुबैको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र पेश गर्न आदेश दिएको थियो। 
नवराज सिलवाल र जयबहादुर चन्द।

काठमाडौं, चैत ६- प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी रिटमा आइतबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा प्रहरी महानिरीक्षक नियुक्तिमाथि सुनुवाइ सुरू भएको हो। 

बिहीबार बसेको संयुक्त इजलासले प्रधानन्यायाधीशसहितको पूर्ण इजालासमा सुनुवाइ राख्नुपर्ने रायसहितको आदेश गरेको छ। आदेशमा महानिरीक्षक पदका दाबेदार नवराज सिलवाल र जयबहादुर चन्द दुबैको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र पेश गर्न आदेश दिएको थियो। 

प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस सुरू भएको सर्वोच्च अदालत स्रोतले बतायो। पक्ष विपक्षका कानुन व्यवसायीहरू धेरै रहेका कारण सुनुवाइ दुई दिनभन्दा बढी लम्बिन सक्ने आँकलन गरिएको छ। 

प्रहरी महानिरीक्षक नियुक्तिमा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेको तथा नियुक्ति प्रचलित ऐन, कानुनविपरीत रहेको भन्दै अधिवक्ता कपिलदेव ढकालले दायर गरेको मुद्दामा फागुन १ गते प्रधानन्याधीश कार्कीको इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको थियो। त्यसयता दुईपटक सर्वोच्चले निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो। 

अन्तिम सुनुवाइका लागि बिहीबार तोकिएको पेशीमा कार्यमूल्यांकन माग्दै सुरक्षाजस्तो संवेदनशील विषयको प्रमुख नियुक्तिको विषयमाथि पूर्ण इजलासबाटै गरिनुपर्ने रायसहित अदालतले आइतबार पेशी तोकेको थियो। 

सरकारले प्रहरी नियमावली, प्रचलित ऐनविपरीत कांग्रेस सभापति देउवाको दबाबमा विवादास्पद डिआइजी चन्दलाई आइजिपीमा नियुक्ति गरेको थियो। ढकालका अतिरिक्त वरियता क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवालले पनि रिट दायर गरेका छन्। उनले विभिन्न आधार पेश गर्दै आइजिपी बनाइपाऊँ भनी निवेदन दिएका थिए। त्यो निवेदन पनि पूर्ण इजलासले सँगसँगै हेरिरहेको छ।  

सर्वोच्चमा पहिलो चरणमा रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, भीमार्जुन आचार्य, तुलसी भट्ट, हरि फुँयाल, बाबुराम कुँवर, बद्रीबहादुर कार्की, ओमप्रकाश अर्याल, बालकृष्ण नेउपाने, टीकाराम भट्टराई, विजयकान्त मैनाली, कपिलदेव ढकाल, कल्पित पराजुली लगायतले बहस गर्दैछन्। रिट निवेदकतर्फको बहस सकिएपछि सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र केही नायब महान्यायाधिवक्ताहरूले बहस गर्ने कार्यसूची तोकिएको छ। 

विपक्षी चन्दतर्फका अधिवक्ताहरू  सुशील पन्त, सतिश खरेल, खम्बबहादुर खातीलगायतले वकालत गर्ने कार्यसूची छ। विपक्षीहरुको बहस सकिएलगत्तै रिट निवेदकको तर्फका अधिवक्ताहरुहरुले गर्ने जवाफी गर्छन्, अनिमात्र अदालतले फैसला सुनाउँछ। 

यो पनि हेर्नुहोस् 

शंकाको घेरामा ‘अपरेसन स्युडो’
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

‘१६ करोड बार्गेनिङ’मा डिआइजी जयबहादुर चन्दको पोल खुल्दै 

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा

डिआइजी चन्दले फेसबुकमा लेखे, ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’

प्रधानन्यायाधीशको निगरानीमा डिआइजी ‘जयबहादुर चन्दका प्रहरी’

प्रतिमा लेख्छिन्, ‘चन्दको पूरा जीवन सेटिङमा’
फेसबुक र ट्वीटरमा शेरबहादुर देउवा र जयबहादुर चन्दको खेदो


 

More form the Internet

loading...