Suvadin, Home

नेपाली कांग्रेसलाई बुद्धिजीवीको सुझाव
'घाेषणा-पत्रमा लाेकप्रिय कार्यक्रम समावेश गराैं'

बुद्धिजीवीहरुले स्थानीय तहको निर्वाचन केन्द्रित घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन्। चुनाव घोषणापत्र तयारी समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन्। उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढेकाले उल्लेख गर्दै केही त्यस्ता स्थानीय तहको प्रत्यक्ष सरोकार राख्ने तथा युवा लक्षित कार्यक्रम समेट्नुपर्नेमा जोड दिएका हुन्।
नेपाली कांग्रेसका शीर्षहरू।

काठमाडौं, चैत २३ – बुद्धिजीवीहरुले स्थानीय तहको निर्वाचन केन्द्रित घोषणपत्रमा जनप्रिय र लोकप्रिय कार्यक्रमहरु समावेश गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन्।

चुनाव घोषणापत्र तयारी समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा गरेको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लोकप्रिय कार्यक्रमलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्न सुझाव दिएका हुन्।

उनीहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना लोकप्रिय कामहरुबाट अघि बढेकाले उल्लेख गर्दै केही त्यस्ता स्थानीय तहको प्रत्यक्ष सरोकार राख्ने तथा युवा लक्षित कार्यक्रम समेट्नुपर्नेमा जोड दिएका हुन्।

अर्थविद् विश्वम्भर प्याकुरेलले नेताहरुबाट विभिन्न मिडियामा प्रतिवद्धता आएपनि स्थानीय तहमा नेपाली कांग्रेसलाई आलोचना गरी आफू अघि बढ्ने समूह सक्रिय रहेको यथार्थ जानकारी सहितको प्रतिवादमा उत्रिनुपर्नेमा जोड दिएका छन्।

उनले घोषणा–पत्रमा केही लोकप्रिय कार्यक्रम समेट्नै पर्ने भन्दै घोषण पत्रको मस्यौदा बुद्धिजीवीसँगको राय परामर्शबाट मात्रै सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। त्यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले आर्थिक क्षेत्र तथा सेवामा कांग्रेसले ठोस योजनासहितको घोषणा–पत्र तयार पार्नुपर्ने सुझाव दिएका छन्।

त्यसैगरी, विज्ञहरुले स्थानीय तहको अधिकार, क्षमता निर्माण तथा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन्। कांग्रेसले मधेसलाई लक्षित गरी स्पष्ट दृष्टिकोण राख्नुपर्नेमा पनि उनीहरुले सुझाव दिएका छन्।

छलफलमा विज्ञहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अरुण तेश्रो बन्न नदिएको बारेमा स्थानीयस्तरमा नै भण्डाफोर कार्यक्रम सञ्चालन गर्नु पर्नेमा पनि पार्टीको ध्यानाकर्षण गराएका छन्।

त्यसैगरी, एक स्थानीय तह एक सुविधा सम्पन्न बृद्धाश्रम जस्ता लोकप्रिय कार्यक्रम अघि सार्न सुझाव दिएका छन्। महेश आचार्य संयोजकत्वको चुनाव घोषणापत्र तयारी समितिले बिहीबार पार्टी निकटका विभिन्न क्षेत्रका बुद्धिजीवी तथा विज्ञहरुसँग छलफल गरेको हो।


 

More form the Internet

loading...