Suvadin, Home

'सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल भइरहेको छ'

उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र भारतबीचको सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।  लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल जारी राखेको उनले बताए । 

विराटनगर । उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र भारतबीचको सीमा विवाद टुंग्याउन उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।  लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल जारी राखेको उनले बताए । 

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । सरकारको तर्फबाट औपचारिक रुपमा सीमा विवाद समाधानका लागि भारत सरकारलाई अनुरोध पत्र पठाइसकिएको उनले बताए । 
 
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आब्हान गरेको नेकपा सचिवालय बैठकमा अनुपस्थित भएको विषयमा जानकारी दिँदै उनले त्यस दिन पार्टी अध्यक्षलाई भनेर नै पूर्व निर्धारित कार्यक्रमअन्तर्गत आफू इलाम गएको उनले बताए । 


 

More form the Internet

loading...