Suvadin, Home

राष्ट्रिय जनमोर्चा पनि बाम गठबन्धनमा सामेल

एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच सहमति भएको हो। 
राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसी।

काठमाडौं, कात्तिक ५– एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ। 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच सहमति भएको हो। 

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन्। यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ। 

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउने तीन दल सहमति भएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले  संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ। 

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ। 


 

More form the Internet

loading...