Suvadin, Home
Nepal life 2.241M

‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित

विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए। यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

काठमाडौं, २९ भदौ – ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ। 

विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए। यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

छलफलमा सांसद प्रेम सुवालले मात्र सहभागी जनाएका छन्। विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे। सांसदका प्रश्नको जवाफ दिदैँ मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवम् नियमन गर्ने विषय समेटिएको बताए। 

रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो। बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ। 


 

More form the Internet

loading...