Suvadin, Home

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ। उक्त निर्णय जापानको मन्त्रिपरिषदले मङ्गलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ।

जापान, ५ पुस – जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ। 

जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जापानलाई जोगाउने छ। 

उक्त निर्णय जापानको मन्त्रिपरिषदले मङ्गलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ।

यस्ता दुई वटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषद्ले मङ्गलबार निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानाकारी दिएका छन्। 

यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्दै अाएको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ। दुई महिना अघि मात्र उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र प्रहार गरेकाे थियो। 

जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया आएको छैन। 


 

More form the Internet

loading...