Suvadin, Home

निर्वाचनकाे अपडेटः
सिटाैलाले गरे झापा–१ बाट मतदान

झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, 'संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो।, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्।' 
कृष्ण प्रसाद सिटाैला।

झापा, मंसिर, २१ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन्। 

झापा क्षेत्र नम्बर १ अन्तर्गत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, 'संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो।, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन्।' 

सिटाैलाले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास समेत व्यक्त गरेका छन्। निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ’, नेता सिटौलाले भने। 

निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने बताउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने निश्चित भएको विचार व्यक्त गरे।


 

More form the Internet

loading...