Suvadin, Home

दुईतिहाईको सरकारले ‘अरिंगालजस्तै’ कार्यकर्ता गुहार्नु लज्जाजनकः थापा

साथै थापाले अरिगांलको जस्तै गरी आफ्नो कार्यकर्तालाई गुहार्नु लज्जास्पद रहेको टिप्पणी गरेका छन्। झापा जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै थापाले नागरिकले भोग्नु परेको पीडा र हत्या–हिंसाजन्य जघन्य अपराधका घटनामा बृद्धि हुनु दुखद रहेको उनले बताए।
थापालगायतका नेताहरू।

झापा, ३ असोज –राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले थापाले दईतिहाई बहुमतको सरकारले काम नगर्न नसकेको टिप्पणी गरेका छन्।

साथै थापाले अरिगांलको जस्तै गरी आफ्नो कार्यकर्तालाई गुहार्नु लज्जास्पद रहेको टिप्पणी गरेका छन्।

झापा जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै थापाले नागरिकले भोग्नु परेको पीडा र हत्या–हिंसाजन्य जघन्य अपराधका घटनामा बृद्धि हुनु दुखद रहेको उनले बताए। 

जिल्ला सचिव निर बहादुर कार्की नेत्र कार्कीका अनुसार अध्यक्ष ओमप्रकाश मिश्रको अध्यक्षता रहेको कार्यक्रममा सहमहामन्त्री बाबुराम बस्नेत, चन्द्रबहादुर योङ्या, माया गुरुङ, दिपेश राई (गोरे) लगायतले बोलेका थिए।

प्रदेश नम्बरमा दुई महिनाभित्रमा प्रदेश कमिटी गठन गरी राष्ट्रव्यापी रुपमा संगठन विस्तार गर्ने तयारी भइरहेको जानकारी जिल्ला सचिव कार्कीले दिएका छन्।


 

More form the Internet

loading...