Suvadin, Home

Cover Image

एमालेबाट निर्वाचित वडा अध्यक्षको यो हाल, रक्सी खाएर मच्चाए बबाल, तर जब प्रहरी पुग्यो... (फोटो फिचरसहित)

गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका न्यौपाने पहिलेदेखि नै रक्सी  खाने गरेका थिए। उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन्। त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए। बुधबार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए।
तिलक न्याैपाने।

देबु बानियाँ, झापा, चैत १४ – मेचीनगर नगरपालिकाका वडा नम्बर–२ का अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन्। रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए।

गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका न्यौपाने पहिलेदेखि नै रक्सी  खाने गरेका थिए। उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन्। त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए। 

बुधबार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए।

निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो। यो घटनाले मेचीनगर–२ को पार्टी पङ्तिमा समेत ठूलो धक्का पुगेको छ। नेपाली कांग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। 

कार्यालय समयमा रक्सी खाएर जाने गरेका न्यौपानेको गतिविधिले कार्यालयका कर्मचारीलाई समेत हैरान भएका छन्। उनीहरुले बारम्बार सम्झाउँदा पनि नटेरेको कर्मचारीहरु बताउँछन्। 

उनी दैनिकी जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए। स्थानीयले प्रहरीलई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए।

प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो। उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन्। बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए।


 

More form the Internet

loading...