न्यायाधीश जोशी पुनः सर्वोच्चमा फर्किए

काठमाडौं, २६ भदौ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका थिए। न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।
जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइपछि जोशी बिदामा बसेका थिए। सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए।
न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्कनुभएको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। जोशी काममा फर्कनु भए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन।