Suvadin, Home

यस्ताे छ धनगढीकाे ताजा परिणाम, कैलालीमा कहाँ काे?

प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाएका छन्। 
मतगणना। फाइल तस्बिर।

धनगढी, १५ असार । प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाएका छन्। 

उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २८९ मतका साथ पछ्याइ रहनुभएको छ । नेकपा (एमाले) का प्रमुखका प्रत्यासी दुर्गा जोशीले ६९ र उपप्रमुख रुक्मीणी देवकोटा १५४मत पाएका छ । 

नेकपा (माओवादी केन्द्र) का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ६२ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले १२९ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताए। 

पछिल्लो परिणाम अनुसार घोडाघोडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका लक्ष्मण चौधरीले ४६१ र उपप्रमुखमा ममता चलाउनेले ४३०मत पाएका छन्।उनहरु दुवै जनालाई प्रमुखमा कांगे्रसकी रीता चौधरीले ३०८र उपप्रमुखमा हेम बमले २५६मतले पछ्याइरहेका छन्। 

यसैगरी कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरीले एक हजार ३० र उप प्रमुखमा स्वदेशनी चौधरीले ९८०, एमालेका प्रमुख तपेन्द्र रावलले ५२४ र उपप्रमुख कमला केसीले ४८२ र काँग्रेसका प्रमुखका उम्मेदवार जङ्गबहादुर साउँदले ५२२ र उपप्रमुख केशरी विष्टले ४७५ मत पाएका छन्। कैलालीमा १३स्थानीय तह छन् । 

अन्य तहको परिणाम ः 

१) लम्की चुहा नपा ः 

काग्रेस ः प्रमुख ः भक्तबहादुर थापा२१७÷ उपप्रमुख ः धनादेवी डगौरा थारु १९१ 
एमाले ः प्रमुख ः महादेव बझगाई १७१÷उपप्रमुख ः टीका थापा १८६ 
नेकपा माओवादी केन्द्र ः प्रमुख ः दलबहादुर विष्ट१३७÷उपप्रमुख ः धना चौधरी १२७ः 

२) भजनी न.पा. 
नेका ः प्रमुख ः वीरबहादुर हमाल २२२÷उपप्रमुख ः भारती चौधरी २३२ ः 
नेकपा माओवादी केन्द्रः प्रमुखः शेरबहादुर चौधरी ५०२÷उपप्रमुख ः छाँया देवकोटा ४८६ ः 
नेपाल लोकतान्त्रिक फोराम ः प्रमुख ः केवल चौधरी ७४४÷उपप्रमुख ः धनवसी चौधरी ५७३ 

३) गौरीगङ्गा नपा 

नेका ः प्रमुख ः दिनेश जोशी १२८÷उपप्रमुख ःमेनका जोशी १३७ ः 
माओवादी ः प्रमुख देवीदत्त कँडेल ३४८÷उपप्रमुख ःकरुणा चौधरी ३५० ः 
एमाले ः प्रमुखः भीम देउवा २३५÷उपप्रमुख ः अञ्चला चौधरी २४४ ः 
४) गोदावरी न.पा. ः 

नेका ः प्रमुखः बिरेन्द्र भट्ट७०९मत ः 
एमाले ः प्रमुख ःहरिसिंह साउद५४५ः 
माओवादी ः प्रमुख ः गोकर्ण भट्ट३८६ ः 

५) वर्दगोरिया गा.पा. 
नेका ः अध्यक्ष ः बलिराम चौधरी२४५ ः 
एमाले ः अध्यक्ष ः कर्ण कुवर४३८ ः 
माओवादी ःअध्यक्ष ः गणेश राज गिरी४७५ 
रासस 


 

More form the Internet

loading...