Suvadin, Home

पृथ्वी जयन्तीमा राप्रपाको चियापान

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । 

काठमाडौं । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । 

राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहित राजावादीहरूको सहभागीता रहेको थियो । 

चियानमा सहभागी हुन आउने निम्तालुलाई अध्यक्ष कमल थापालगायतले स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका समापति शेरबहादुर देउवा, पूर्व सभामुख शुभाव नेम्वाङ, पूर्व प्रधानमन्‍त्री लोकेन्द्रबहादुर चन्दलगायतको थुप्रै नेताहरूको सहभागिता रहेको थियो ।


 

More form the Internet

loading...