Suvadin, Home

हेटाैँडाबाट गरे उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मतदान

सो अवसरमा थापाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्इ जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए। थापाले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गरे। 

हेटौँडा, मंसिर २१ – उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रमा आज बिहान ७ बजेर ४० मिनेट जाँदा मतदान गरेका छन्। 

सो अवसरमा थापाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान संविधानलार्इ जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको बताए। थापाले राजनीतिक स्थायित्व र दिगोशान्तिका लागि प्रमुख दलहरुको एजेण्डा बन्नुपर्ने दृढता व्यक्त गरे। 

उपप्रधानमन्त्री थापाले जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको बताए।


 

More form the Internet

loading...