Suvadin, Home

निर्वाचन अपडेटः
कञ्चनपुरमा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धन हावी

निर्वाचन क्षेत्रको प्रदेश सभा (क) मा एमालेका तारा लामा तामाङले २० हजार १५ मत प्राप्त गरी ल्याई विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गरे।

कञ्चनपुर, मंसिर २६ – कञ्चनपुरको प्रतिनिधि सभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर–१ प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी बिना मगर ३८ हजार ४६४ मत प्राप्त गरी विजयी भएकी छिन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत प्राप्त गरेका छन्। 

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) मा एमालेका तारा लामा तामाङले २० हजार १५ मत प्राप्त गरी ल्याई विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गरे। 

प्रदेश सभा (ख) सदस्यमा एमालेका कुलवीर चौधरीले १६ हजार १५८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गरेका थिए। 

निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यमा एमालेका नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त गरी विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नारायणप्रकाश साउदले २४ हजार ८९३ मत प्राप्त गरेका थिए। 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क)मा माओवादी केन्द्रका महेशदत्त जोशीले १७ हजार ६७२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गरेका छन्।

प्रदेश सभा(ख)मा एमालेका लालबहादुर खड्काले १६ हजार ३८५ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत प्राप्त गरेका छन्। 

निर्वाचन क्षेत्र नम्बर–३ प्रतिनिधिसभा सदस्यमा एमालेका डा. दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश लेखकले २६ हजार १०६ मत प्राप्त गरेका छन्। 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य (क) मा एमालेका प्रकाश रावलले १२ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरेका छन्। 

प्रदेश सभा (ख)मा माओवादी केन्द्रका मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...