Suvadin, Home

निर्वाचन अपडेटः
कास्कीमा मतगणना शुरु

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार निर्वाचनमा कास्की क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८ सय ९२ मत खसेको थियो। 

काठमाडाैं,  मंसिर २२ – बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवम् प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ। 

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार निर्वाचनमा कास्की क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८ सय ९२ मत खसेको थियो। 

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिएका छन्। 

सुवेदीका अनुसार क्षेत्र नम्बर-१ को क्षेत्रीय शिक्षा कार्यालय, क्षेत्र नम्बर-२ को डिभिजन सहकारी कार्यालय र क्षेत्र नम्बर-३ को जिल्ला समन्वय समितिबाट मतगणना भइरहेको छ। 
 


 

More form the Internet

loading...