Suvadin, Home

निर्वाचन अपडेट
काठमाडौं–१० मा कांग्रेसका राजन केसीकाे अग्रताकायमै, २, ७ र ९ मा वाम गठबन्धन

काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सय मतका साथ अग्रस्थानमा छन्। वाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन्।
काठमाडाैंमा जारी मतगणना।

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन्। वाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन्।

त्यस्तै क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धरले अग्रता लिएका छन् भने राप्रपाका बिक्रमबहादुर थापाले ६७१ मत ल्याएका छन्।

काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपालले १०३४ मत ल्याएका छन् भने कांग्रेसका दीपककुमार कुइँकेलले ४६७ मत ल्याएका छन्। विवेकशील साझाका सूर्यराज आचार्यले ४२३ मत प्राप्त गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले १७६५ मत प्राप्त गरेका छन्। कांग्रेसका ध्यानगोबिन्द रञ्जितले ९३८ मत प्राप्त गरेका छन्। विवेकशील साझाका मिलन पाण्डेले यो क्षेत्रमा ४४५ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...