Suvadin, Home

शाक्यको जित सुनिश्चित
काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा

काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ। प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गरेका छन्। योसँगै शाक्यको जित सुनिश्चित प्रायः भएको छ । 
विद्यासुन्दर शाक्य।

काठमाडौँ, जेठ १३ - काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ। प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गरेका छन्। योसँगै शाक्यको जित सुनिश्चित प्रायः भएको छ । 

त्यसैगरी, नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गरेका छन्। विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गरेकी छिन्। साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार ४६९ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित प्रायः छ । उनले हालसम्ममा ५६ हजार ३९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ८०३ मत प्राप्त गरेकी छिन्। 

मतगणना अन्तिम चरणमा रहेकाले केहीबेरमा नै अन्तिम परिणाम आइसक्ने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


 

More form the Internet

loading...