Suvadin, Home

जनतासँग प्रत्यक्ष सम्वाद गर्दै प्रकाशमान
संविधानकाे सफल कार्यान्वयन गर्न नेपाली कांग्रेसकै नेतृत्व जरुरी

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा अायाेजित चुनावी घरदैलो कार्यक्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै नेता सिंहले निर्वाचन नजिकिँदैसँगै नेपाली कांग्रेसकाे पक्षमा जनलहर अाएकाे बताएका हुन्।
कांग्रेस नेता प्रकाशमान सिंह।

काठमाडौं, मंसिर ६ – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसकै सरकार बन्नुपर्ने बताएका छन्।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा अायाेजित चुनावी घरदैलो कार्यक्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै नेता सिंहले निर्वाचन नजिकिँदैसँगै नेपाली कांग्रेसकाे पक्षमा जनलहर अाएकाे बताएका हुन्।

काठमाडौं क्षेत्र नम्बर-१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता सिंहले कांग्रेसले गरेको वाचाअनुसार संविधान जारी गरिएको प्रष्ट पारेका छन्। र, संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसलाई जिताउन नेता सिंहले सबै मतदातामा आग्रह गरेका छन्।

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व महामन्त्री सिंहले आम मतदातामा कांग्रेस सकारात्मक दृष्टिकाेण रहेको उल्लेख गरेका छन्। उनले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

'दुई पटक विजयी बनाएर संविधान जारी गर्ने जिम्मेवारी पूरा गरेँ, अब देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,' सिंहले भने। संविधानकाे सफल कार्यान्वयनबाट मात्रै नेपालकाे समग्र परिवर्तन सम्भव रहेकाे सिंहकाे तर्क छ। 


 

More form the Internet

loading...