Suvadin, Home

चुनाव जितेपछि पनि गाउँँ आउन वाम उम्मेद्वारलाई गाउँलेको आग्रह

काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नपर्ने, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भएको, सडकको अवस्था उस्तै रहेको, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्ने जस्ता गुनासो जनताले उम्मेदवारसगँ राखेकाछन्।

काभ्रेपलाञ्चोक, ६ पुस – काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वा्चित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका छन्।

काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नपर्ने, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भएको, सडकको अवस्था उस्तै रहेको, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्ने जस्ता गुनासो जनताले उम्मेदवारसगँ राखेकाछन्।

आफूले मतदातासँग गरेको वाचा पूरा गर्न र विकास, निर्माणका कामलाई प्रभावकारी बनाउन सांसदहरुलाई अनुरोध गर्दै अब पनि विकास, निर्माणका कामले प्राथमिकता नपाए जिल्लाका लागि दुर्भाग्य हुने मतदाताले बताएकाछन्।

धुलिखेल नगरपालिका–५ का दयाराम महतले पुरानो सिन्धुली जाने बाटो बिपी राजमार्गसँग जोडेर सञ्चालन गर्न आग्रह गरेको जानकारी दिँदै अब सांसदले गर्ने कामबारे मतदातालाई जानकारी दिनुपर्ने बताएकाछन्।

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का सांसद गंगाबहादुर तामाङ दोङले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदिन आग्रह गरेको जानकारी दिँदै सडकको स्तरोन्नति, खानेपानीको अभाव र सिँचाइको व्यवस्थापन गरिदिन मतदाताले अनुरोध गरेको बताएकाछन्।

एकसाता यतादेखि सो क्षेत्रअन्तर्गतको प्रदेशसभाका सांसद रत्न ढकाल, चन्द्र लामासहित संयुक्त वाम गठबन्धनको टोलीले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाका मतदातालाई धन्यवाद दिन पुगिसकेको र जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि र महाभारत शृङ्खलाको डाँडापारि क्षेत्रका मतदातासँग घेटघाट गर्न बाँकी रहेको जानकारी छ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा निर्वा्चित सांसद गोकुल बास्कोटासहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका सांसद वसुन्धरा हुमागाईं, लक्ष्मण लम्सालको टोली पनि नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग घेटघाटमा व्यस्त छन्। 

दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचन भएको सोे जिल्लामा छ नगरपालिका र ७ गाउँपालिका छन्। जिल्लाका कूल दुई लाख ७२ हजार २९२ मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सबै नयाँ अनुहारका प्रतिनिधि निर्वा्चित गराएका छन्। 


 

More form the Internet

loading...