Suvadin, Home

खाेटाङमा चुनावी सरगर्मी
वाम गठबन्धन लाेकतन्त्र मास्ने षड्यन्त्रकाे परिणामः पाेखरेल

पोखरेलले वामपन्थी गठबन्धन मुलुकको स्वन्तन्त्रता र उपलब्धी मास्ने नियतले आएको बताएका छन्। महिला सशक्तीकरण, लाेकतन्त्रकाे सुदृढीकरण एवम् मुलुकको समग्र विकासका लागि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने उनले बताएका छन्। 
खाेटाङमा नेपाली कांग्रेसले अायाेजना गरेकाे चुनावी सभा।

अनोज रिजाल, खोटाङ, मंसिर ७ – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा खोटाङमा पनि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरु आफ्नो पक्षमा जनमत बटुल्न व्यस्त रहेका छन्।

मंसिर–१० गतेको चुनावका लागि नेपाली कांग्रेस खोटाङको प्रदेशसभा ‘क’का उम्मेदवार सुवासकुमार पोखरेल पनि चुनावी अभियानमा व्यस्त छन्। खोटाङको लामिडाँडा–१ कुभिण्डेमा स्थानीयबासीले नेता पोखरेललाई भव्य स्वागत गरेका छन्।

बहुमुखी व्यक्तित्व पोखरेल स्थानीयबासीमाझ लोकप्रिय छन्। स्थानीय गेहेन्द्र राईका अनुसार हरमटार चुनावीसभा तथा घरदैलो अभियान सम्पन्न भएको छ। कुशल नेता एवम् स्वच्छ छवि भएका पोखरेललाई अहिले खोटाङबासीले आफ्ना अभिभावक मान्छन्।

राजनीतिमा लामो समयदेखि सक्रिय पोखरेलले वामपन्थी गठबन्धन मुलुकको स्वन्तन्त्रता र उपलब्धी मास्ने नियतले आएको बताएका छन्। महिला सशक्तीकरण, लाेकतन्त्रकाे सुदृढीकरण एवम् मुलुकको समग्र विकासका लागि नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने उनले बताएका छन्। 

कार्यक्रममा एमाले गाउँ कमिटी सदस्य रोहित घिमिरेसहित करिब ८० जना एमालेका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशी घिमिरेले एमाले अधिनायकवाद तर्फ जान लागेकाले लोकतन्त्र बचाउन कांग्रेसमा प्रवेश गरेको बताएका छन्।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार सरस्वती बजिमय, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य बिदुर पौडेल, क्षेत्रीय इलाका सदस्य फट्टिक श्रेष्ठ, नेपाली कांग्रेसका नेता जनक कार्की, केन्द्रीय महाधिवेशन प्रतिनिधि कुमार रेग्मी लगायतले सम्बोधन गरेका थिए।


 

More form the Internet

loading...