Suvadin, Home

चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्छौं : कमल थापा

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राप्रपा अध्यक्ष थापाले आफ्ना मागहरुसहित २२ बुँदे ज्ञापनपत्र बुझाएका थिए। राप्रपाले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

काठमाडौं १३ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आफ्ना मागहरु सम्बोधन नगरे चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राप्रपा अध्यक्ष थापाले आफ्ना मागहरुसहित २२ बुँदे ज्ञापनपत्र बुझाएका थिए। राप्रपाले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए।

थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने उद्देश्यका साथ राप्रपाले देशव्यापी रुपमा फागुन १५ गतेदेखि स्वाभिमान यात्रा गर्ने तयारी गरेको छ।

ताप्लेजुङका सदरमुकामबाट शुरु हुने यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुनेछ।


 

More form the Internet

loading...