Suvadin, Home

कोहलपुर नपाको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे। 

कोहलपुर (बाँके), २१ असार - कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे। 

उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले नौ ३७९ मत प्राप्त गरिन्। नगरपालिकाका १५ वडामध्ये सातमा काँग्रेस, सातवटामै एमाले र एउटा वडामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस 


 

More form the Internet

loading...