Suvadin, Home

Cover Image

'सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकायो' 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप लगाएका छन् । 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप लगाएका छन् । 

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारी सूचना संयन्त्रको विश्वसनियता नै नभएको भन्दै कोरोनाबाट धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरेका छन्। 

लकडाउनको अवस्थामा गरीब र दैनिक ज्यालादारी काम गर्ने श्रमिकलाई खानपिनको व्यवस्था गर्न पनि उसले माग गरेको छ । भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीलाई स्वदेश आउने व्यवस्था गरी सुरक्षित क्वारेनटाइनको व्यवस्था गरी खानपिनको व्यवस्था गर्न विज्ञप्तिमा भनिएको छ ।


 

More form the Internet

loading...