Suvadin, Home

Cover Image

काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको भएपनि उनको विवरण भने खुलाइएको छैन् ।

अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनीसँगै जहाजमा आएकाहरूको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।


 

More form the Internet

loading...