Suvadin, Home

अन्तिममा आएर किन स्थगित भयो प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने भनेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ । अपराह्न २:३० मा सम्बोधन गर्ने कार्यक्रम रहे पनि एकाएक स्थगित भएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा गर्ने भनेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ । अपराह्न २:३० मा सम्बोधन गर्ने कार्यक्रम रहे पनि एकाएक स्थगित भएको हो ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् । तर, नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्नेछन् ।

किन स्थगित भयो भन्ने बारेमा भने कुनै जानकारी नदिइएको पार्टी स्रोतले बताएको छ ।

असोज ३ गते संविधान दिवसमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम भएकाले आज सम्बोधन अन्तिम समयमा आएर स्थगित गरिएको बताइएको छ ।


 

More form the Internet

loading...