Suvadin, Home

कालापानीबाट विदेशी फौज हटाउछौं : प्रधानमन्त्री ओली  

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित आफ्नो देशको भूभाग एक इन्च पनि नछोड्ने बताएका छन् । 

कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित आफ्नो देशको भूभाग एक इन्च पनि नछोड्ने बताएका छन् । 

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए । ओलीले आफ्नो भूभाग फिर्ता लिने र कालापानीबाट विदेशी फौजलाई पनि हटाउँने दाबी गरे । 

‘अहिले आएर सीमा मिचिएको होइन । यो यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग हो । यसलाई फिर्ता लिन अहिलेको सरकार सक्षम छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर, केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । उनले उछृङ्खल गतिविधिले समस्या समाधान नहुँने भएकाले यस्ता गतिविधि नगर्न आग्रह गरे । कुटनीतिक छलफलका माध्यमबाट यसको समाधान खोजिने उनको भनाई थियो ।


 

More form the Internet

loading...