Suvadin, Home

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क सरकारले फिर्ता गराउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीलाई ठगेर लिएको अतिरिक्त शुल्क फिर्ता गराउने बताएका छन् । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीलाई ठगेर लिएको अतिरिक्त शुल्क फिर्ता गराउने बताएका छन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजमाथी कारबाही हुने समेत बताए । नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको उनले बताए ।

 ‘कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भन्दैछन्, नेकपाको सरकार त अहिले आयो । त्यसअघि करोडसम्म उठाएका थिए, हामी त्यो फिर्ता गराउन खोजिरहेका छौं’ उनले भने ।

अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरुले विद्यार्थीलाई ठगेर अकुत नाफा कमाइरहेको दावी गरे ।


 

More form the Internet

loading...