Suvadin, Home

Cover Image

एमसीसी सम्झौता छिट्टै अनुमोदन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले संसदमा थाती रहेको एमसीसी छिटो पारित गर्न आग्रह गरेका हुन् ।

‘हामीले धेरै अगाडिदेखि विभिन्न चरणहरु पार गर्दै, ६–७ जना प्रधानमन्त्रीहरुले समेत अगाडि बढाएको एमसीसी प्रस्ताव छिटै पारित गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसबारे म पछि पनि सविस्तार धारणा राख्नेछु ।’

सभामुख चयनमा केही ढीलाई भए पनि ओलीले अब भने सरकारले र संसदले दूर्त गतिका काम गर्नु पर्ने धारणा राखेका थिए ।


 

More form the Internet

loading...