Suvadin, Home

सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका छन् ।

निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार तानाशाही व्यवस्थाका विरुद्धमा रहेकाले निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम नगर्ने बताएका हुन् ।

 उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहेको बताउँदै त्यसैमा टेकेर पेलेको र बाँधेको भन्नु गलत भएको बताए । उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् आग्रह गर्दै ओलीले सरकारले सधै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । 

सत्ताका स्वार्थका लागि मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने उनको भनाई थियो । राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए ।
 


 

More form the Internet

loading...