Suvadin, Home

Cover Image

समृद्धिको यात्रामा अवरोध गर्न खोजिदैछ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने बाटोमा रहे पनि केही तत्वले असहयोग गर्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने बाटोमा रहे पनि केही तत्वले असहयोग गर्न खोजेको आरोप लगाएका छन् ।

७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज (बुधबार) सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबैको सहयोगबाट मात्र सरकारको समृद्धिको लक्ष्य पूरा गर्न सक्ने भएकाले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । 

समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्न, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पुरा भएर छोड्ने बताए ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवसलाई औपचारिक रुपमा मात्र नभई जनस्तरसम्म मनाउनको लागिसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि गरीएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।

त्यसैगरी महानगरपालिका, उपमहानगपालिकाहरुले आ–आफ्नो साँस्कृतिक कला र नृत्य प्रर्दशन गरेका थिए  ।

प्रजातन्त्र दिवसमा राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायत संवेधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।


 

More form the Internet

loading...