Suvadin, Home

बाँस्कोटातर्फ इंगित प्रधानमन्त्रीको भाषण : पारदर्शिताको सवालमा कसैको मुख हेरिँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको सवालमा कसैको अनुहार नहेर्ने बताएका छन् । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको सवालमा कसैको अनुहार नहेर्ने बताएका छन् । 

 नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित ‘आर्थिक सम्मृद्धि’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । उनले उक्त कुरा आफूले भन्ने मात्र नभई गरेर नै देखाउने बताएका थिए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाल प्रतिनिधसँग आर्थिक चलखेलको अडियो बाहिरिएको तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

उनले आफूलाई पद धराप पर्ने धम्कीसमेत आएको तर आफू त्यसबाट विचलित नहुने बताएका थिए ।


 

More form the Internet

loading...