Suvadin, Home

राजनीतिक सल्लाहकारसँग कुरा गर्दै प्रधानमन्त्रीले भने– म छिट्टै काममा फर्कन्छु

दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सल्लाहकार विष्णु रिमालसँग कुराकानी गरेका छन् ।

काठमाडौं । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सल्लाहकार विष्णु रिमालसँग कुराकानी गरेका छन् ।

कुराकानीको क्रममा ओलीले रिमालसँग आफ्नो स्वास्थ्यवस्था ठिक रहेको र छिट्टै काममा फर्कने बताएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, 'सर्जरी पछि आज पहिलो पटक प्रधानमन्त्री ज्यूसँग कुरा गर्ने अवसर मिल्यो ।' उनले प्रधानमन्त्री ओलीले सन्देश प्रवाह गर्दै अगाडि लेखेका छन्, 'साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।'

सोमवार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधवार शल्यक्रिया गरिएको थियो ।


 

More form the Internet

loading...