Suvadin, Home

भारत र चीनसँगका नाका एक साता बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ ।

काठमाडौं । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ ।

बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामग्री सहज गर्न केन्द्रीय राहत कोष बनाएको छ । उक्त कोषमा सुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राख्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

कोष बिस्तार गर्न प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्न सहमत भएका छन् । कोष विस्तारका लागि सरकारले सार्वजनिक अपिल पनि गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी थिए । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।


 

More form the Internet

loading...