Suvadin, Home

Cover Image

नेपालका लागि अबको दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै अबको दुई साता नेपाल कोरोनाको जोखिममा हुन सक्ने बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै अबको दुई साता नेपाल कोरोनाको जोखिममा हुन सक्ने बताएका छन् ।

कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अगाडि बढिरहेको बताए ।

उनले महामारी फैलिन नदिन सरकारले पूर्ण प्रयत्न गरिरहेको जानकारी दिए। उनले जोखिमयुक्त जिल्लामा थप परिक्षणका लागि चिकत्सकको टोली पगाइसकेको बताए ।


 

More form the Internet

loading...