Suvadin, Home
NMB Bank Ltd 269.1k

लोकमानजस्तै आलोचित सरकार : अध्यक्ष ओली

माओवादी केन्द्र र काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । ‘सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने।
अोली।

दमक, पुस २७


एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन्।

माओवादी केन्द्र र काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढंगले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । ‘सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने।

झापाको दमकमा बुधबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो सरकारले राष्ट्रको हितमा काम गर्न नसक्ने ठोकुवा समेत गरे। लोकमान जसरी नांगिए त्यसरी नै यो सरकार जनताका बीच आफैं नांगिदै गएको उनको जिकिर थियो।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै ओलीले भने, ‘सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्धत छ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तो मात्र भएको ओलीको टिप्पणी थियो। ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनले भने। रासस

 

 

More form the Internet

loading...