Suvadin, Home

Cover Image

डिआइजी सिलवाललाई बिना अपराध गिरप्तार गरियो : ओली

डिआइजी नवराज सिलवाललाई नियन्त्रणमा लिइएकोप्रति प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले आपत्ति जनाएको छ। सोमबार व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप, बिनाअपराध र पूर्जीबिना नै डिआजी सिलवाललाई गिरप्तार गरेको भन्दै आपत्ति जनाए।
एमाले अध्यक्ष अोली।

काठमाडौं, वैशाख ११- डिआइजी नवराज सिलवाललाई नियन्त्रणमा लिइएकोप्रति प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले आपत्ति जनाएको छ।

सोमबार व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप, बिनाअपराध र पूर्जीबिना नै डिआजी सिलवाललाई गिरप्तार गरेको भन्दै आपत्ति जनाए।

‘लोकतन्त्रमा कानुनी राज हुन्छ कि स्वेच्छचारी राज हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘व्यक्तिको हक हनन् गर्ने, उसको सुरक्षा र सम्मानलाई आघात पार्ने कुरालाई के भनिन्छ लोकतन्त्रमा ?’

डिआइजीलाई पक्राउ घटना सच्चाउन माग गर्दै ओलीले सरकारले कानुनलाई हातमा लिन नपाउने बताए। सरकारले आइजीपी नियुक्तिमा तमासा देखाएको ओलीको आरोप छ।‘सरकार आफू कार्य सम्पादन मूल्याङ्कन फेरफार गर्छ, आरोप अन्यत्र हुन्छ,’ ओलीले भने।

एउटा पुलिस काँधमा हालेर अर्को पुलिसलाई रोकेर अर्को पुलिसलाई छेकेर कहीँ नपुगिने उल्लेख गर्दै ओलीले भने, ‘यो डेमोक्रेसी कहीँ पुर्याइने कुरा हैन। यदि कसैलाई पुलिसको आइजिपीले चुनाव जिताउँछ भन्ने भ्रम छ भने त्यो नपाले पनि हुन्छ। या अहिलेको जमाना फोर्स प्रयोग गरेर केही गर्छौं भन्ने नसोचे पनि हुन्छ।’ 
 

‘निर्वाचनलाई ‘असम्भव’ बनाउने खेल’

यसैगरी, अध्यक्ष ओलीले  निर्वाचनलाई ‘असम्भव’ बनाउने खेल भइरहेको बताए। ‘निर्वाचन असम्भव होइन निर्वाचन असम्भव बनाउने खेल भइरहेको छ,’ उनले भने। 

जेठ १५ गते बजेट भाषण गरेर चुनाव गर्न आचारसंहिताले नदिने उल्लेख गर्दै ओलीले  चुनावको मिति घोषणा भइसकेपछि बजेट सार्वजनिक गर्ने र चुनाव गर्ने विधिसम्बत हुनै नसक्ने बताए। 

संविधान संशोधन हुनै नसक्ने नभए जुनसुकै बेला भने गर्न नपाइने उनको भनाइ छ ।


 

More form the Internet

loading...