Suvadin, Home

रवीन्द्र मिश्रमाथि केपी अाेलीकाे कटाक्ष!

तर, विपक्षी टिमले मेस्सीले खेल्दै गरेको ठाउँमा गोल हान्न कतिको गाह्रो हुँदोरहेछ भनेर बुझ्नु पर्ने बताउँदै ओलीले वाम गठबन्धनलाई मेस्सीसँग दाँजेका छन्।
केपी शर्मा अाेली।

काठमाडाैं, मंसिर १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीलाई लक्षित गर्दै राजनीतितर्फ आकर्षण हुनु राम्रो भएको बताएका छन्। ओलीले रविन्द्र मिश्रलार्इ सिकारुकाे संज्ञा दिएका छन्।

बानेश्वरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै ओलीले भने, 'खेलाडीहरु मैदानमा खेलिरहेका हुन्छन्, छेउपट्टि केटाकेटीहरु छेउमा बसेर सिको गरिराखेका हुन्छन्।’

उनले थपे, ‘सिक्नु र खेल्नु बैग्लै कुरा हो, अहिले हामी यस्तो म्याच को तयारीमा छौं, जहाँ गोल गर्नैपर्छ गोल हान्नैपर्छ।'

तर, विपक्षी टिमले मेस्सीले खेल्दै गरेको ठाउँमा गोल हान्न कतिको गाह्रो हुँदोरहेछ भनेर बुझ्नु पर्ने बताउँदै ओलीले वाम गठबन्धनलाई मेस्सीसँग दाँजेका छन्।

पूर्वपत्रकार मिश्रको नाम नलिई ओलीले फेरि थपे, ‘राजनीति र देशको सेवा गर्नु, रेडियो टिभीमा समाचार भनेजस्तो होइन, समाचार त लेखेको हुन्छ, खरर पढ्ने त हो, राजनीतिमा त देश बनाउने फराकिलो मन, छाती र संकल्प हुनुपर्छ।'


 

More form the Internet

loading...