Suvadin, Home

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, माछाको परिकार मगाए

त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ। भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न डा. अरुण सायमीले बताए।
फाइल तस्वीर

काठमाडौं, १४ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ। भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न डा. अरुण सायमीले बताए।

प्रधानमन्त्री ओलीको छातीमा भएको संक्रमण एकदमै कम भएको छ भने ज्वरो नियन्त्रणमा आएको छ। स्वास्थ्यमा सुधार आएसँगै उनले बुधबार बिहानै अस्पतालमै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरेका थिए।

डा. सायमीका अनुसार प्रधानमन्त्रीलाई दाल भात खान दिइएको थियो। बुधबार उनी आफैंले माछा खान हुन्छ कि हुन्न भनेर डाक्टरलाई सोधेका थिए। डाक्टरले हुन्छ भनेपछि मगाइएको छ। स्वास्थ्यमा समस्या आएपछि ओलीलाई सोमबार बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रधानमन्त्रीको अस्पतालबाट सन्देशः सामाजिक सञ्जालमा गरिएको आधारहीन प्रचारबाट प्रभावित नहुनुस्


 

More form the Internet

loading...