Suvadin, Home

हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छः प्रधानमन्त्री

'हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ। त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ। सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ।'

काठमाडौं, ६ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन्। 

आर्थिक वर्ष २०७५–०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याएका छन्। प्रधानमन्त्री ओलीले भने, 'हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ। त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ। सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ।'

मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उनले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिए। प्रधानमन्त्रीले भने, 'विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्। सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन। आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस्।'

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिए।


 

More form the Internet

loading...