Suvadin, Home

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था गम्भिर, अस्पतालमा भर्ना

स्वास्थ्य अवस्था स्थिर रहेकाले आइसियूमा भने नराखिएको अस्पताल स्रोतले जानकारी दियो। यसअघि गत शुक्रबार नै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने बताए पनि ओलीलाई चिकित्सकको निगरानीमा बालुवाटार नै राखिएको थियो। बालुवाटारमा क्याबिनेट चिकित्सक, कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा प्रधानमन्त्रीको उपचारमा खटिएका थिए। यस्तै, फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार खटिएका थिए। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह भने अहिले देश बाहिर छिन्।
केपी शर्मा अोली

काठमाडौं, १२ कात्तिक – स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो।

अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो। शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ। चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था स्थिर रहेकाले आइसियूमा भने नराखिएको अस्पताल स्रोतले जानकारी दियो। यसअघि गत शुक्रबार नै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने बताए पनि ओलीलाई चिकित्सकको निगरानीमा बालुवाटार नै राखिएको थियो। बालुवाटारमा क्याबिनेट चिकित्सक, कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा प्रधानमन्त्रीको उपचारमा खटिएका थिए। यस्तै, फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार खटिएका थिए। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह भने अहिले देश बाहिर छिन्।

स्वास्थ्य अवस्था बिग्रिएपछि दशैंयता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका छैनन्। शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नभएपछि भने स्वास्थ्य अवस्थाबारे चासो बढेको हो। छातीको इन्फेक्सन बढेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या बढेको हो। स्वास्थ्य अवस्था सुधार नभएपछि आइतबार बिहानका दुई सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी भएका थिएनन्। दिउँसो भने बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाइएको थियो।


 

More form the Internet

loading...