Suvadin, Home

प्रधानमन्त्रीको अस्पतालबाट सन्देशः सामाजिक सञ्जालमा गरिएको आधारहीन प्रचारबाट प्रभावित नहुनुस्

त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा ८०% भन्दा बढी सुधार भइसकेको छ। उनको मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए। 'सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ। यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।' जारी वक्तव्यमा उल्खले गरिएको छ।

काठमाडौं, १३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा ८०% भन्दा बढी सुधार भइसकेको छ। उनको मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका भ्रामक खबर फैलिएका थिए।

'सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ। यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।' जारी वक्तव्यमा उल्खले गरिएको छ।

उनले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैलार्इ धन्यवाद पनि दिएका छन्। उनको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहानबाट उपचार भइरहेको छ।

छातीमा समस्या आएपछि सोमबार बिहान अस्पतालमा भर्ना भएका प्रम ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र जनरल मेडिसिनका डा. सन्तकुमार दासको टोली खटिएको छ।

 


 

More form the Internet

loading...