Suvadin, Home
Nepal life 1.246M

केपी अाेलीले भनेका थिए, 'अलच्छिनी सरकार! गाडी नपल्टिएको दिनै छैन' तर...

वि.सं. २०७३ साल फागुन महिनाकाे २९ गते भैरहवामा अायाेजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ‘अलिच्छिनी’ भएको बताएका थिए, 'यो सरकार बनेदेखि नै गाडी दुर्घटना भइरहेकाे छ, कस्तो अलच्छिनी सरकार!'
केपी अाेली।

काठमाडाैं, फागुन २९ – वि.सं. २०७३ साल फागुन महिनाकाे २९ गते भैरहवामा अायाेजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ‘अलिच्छिनी’ भएको बताएका थिए, 'यो सरकार बनेदेखि नै गाडी दुर्घटना भइरहेकाे छ, कस्तो अलच्छिनी सरकार!'

मेची-महाकाली राष्ट्रिय अभियान लिएर भैरहवा पुगेका त्यति बेलाका प्रमुख विपक्षी दलका नेता अाेलीले ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ, यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन, उम्दै उलच्छिनी सरकार!’ भनेका थिए।

अाेली प्रधानमन्त्री भएपछि...

त्यसाे त एक वर्षअघि सरकारलार्इ अलच्छिनी भनेका खड्गप्रसाद अाेली (केपी शर्मा) अहिले प्रधानमन्त्रीकाे कुर्सीमा छन्। अाेलीले शपथग्रहण गरे फागुन ३ गते।

त्यसयता महिला हिंसाका घटना १ दर्जनकाे हाराहारीमा पुगिसकेका छन्। कारबाही शुन्यजस्तै छ। सडक दुर्घटनामा छिटफुट भएपनि एकपछि अर्काे अपराधका घटना भइरहेका छन्। 

बालिका तथा महिलाहरूकाे सुरक्षाकाे प्रश्न गम्भीर बनिरहेकाे छ। पक्राउ गरेर कानूनी कारबाही गर्नुकाे साटाे 'मृत्युदण्ड' शैलीमा मनाेज पुन र उनका सहयाेगी सोमबहादुर आले प्रहरी इनकाउन्टरमा मारिए। 

यसबीचमा साेमबार ५० जनाकाे ज्यान जानेगरी काठमाडाैंमै अवतरणका क्रममा युएस बंगला एयरकाे विमान दुर्घटनामा पर्याे। 

यी त प्रतिनिधि घटना मात्रै हुन्। अरूलार्इ अलच्छिनी भन्ने अाेलीकाे शुरूवाती लक्षण पनि 'वाह!' भन्ने खालकाे छैन। कुर्सीभन्दा बाहिर हुँदा काेकाेहाेलाे गर्न अाेलीले अब संयमित हुनुपर्ने दिन चाँहि अाइसकेकाे छ।


 

More form the Internet

loading...