Suvadin, Home
यौन दुर्व्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गर्‍यो । महरा सभामुखको सरकारी निवास बालुवाटारबाटै आइतबार पक्राउ परेका हुन् ।

काठमाडौं । यौन दुर्व्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गर्‍यो । महरा सभामुखको सरकारी निवास बालुवाटारबाटै आइतबार पक्राउ परेका हुन् ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । रोशनीकै किटानी जाहेरीका आधारमा महरा पक्राउ परेका हुन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रहरीले महरालाई आइतबार पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि बढाइएको छ ।

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

यो त महराको पृष्ठभूमि भयो । तर, यहाँ रोशनीको गल्तिको पनि लेखाजोखा हुन जरुरी छ । महरा र रोशनीको सम्बन्ध लामोसमयदेखि रहेको कुरा सञ्चारमाध्यमबाट बाहिरिएको छ ।

यदि उनीहरू बीच लामो समयदेखि सम्बन्ध थियो भने अहिले एकाएक आएर यस्तो रुप किन लियो यो पनि एउटा अनुसन्धानको पाटो हुन सक्छ । कानुन महिला पुरुष दुबैका लागि बराबर हुनुपर्छ । सबै कुरामा महिला भएकैले उम्किनुपर्छ भन्‍ने होइन ।

लामो  समयदेखि सहमतिमै सबै कुरा हुँदै आएको भेटिए कुरा मिलेन भन्दैमा एकै चोटी त्यसलाई अपराधको संज्ञा दिनु त्यति उपयुक्त होइन ।

उनीहरू बीचको त्यो सुमधुर सम्बन्धले कसरी यस्तो रुप लियो र यसमा कसको गल्ति कति छ भन्‍ने कुराको अनुसन्धान हुनपर्छ । त्यसका लागि महरा र रोशनी दुवै उदार बन्‍नुपर्छ । कसैले पनि अनुसन्धान प्रभावित पार्ने भूमिका खेल्नु हुँदैन ।

शाहीको कोठाबाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।

पुरै समय सुरक्षा संयन्त्रसँग रहने महरा रोशनीको कोठामा कसरी पुगे र उनीहरू बीच हात हालाहाल भयो । यो सबै पारदर्शी रुपमा अनुसन्धान हुन जरी छ ।

कानुन नै पालना गराउने भूमिकामा बसेका व्यक्तिलाई महिलामाथि यौन हिंसा गरेको आरोप लाग्नु आफैमा सामान्य कुरा होइन ।

अब महरा असोज २८ गतेसम्म प्रहरी हिरासतमै रहनेछन् । दसैं बिदाका कारण अदालत २६ गतेसम्म बन्द रहने र २७ गते पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोले २७ गते शोकबिदा भएकोले २८ गतेमात्रै खुल्ने भएपछि महरा प्रहरी हिरासतमै रहने भएका हुन् ।

अदालत खुलेकै दिन महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । अहिले महरालाई महानगरीय प्रहरी वृत सिहदरबारमा राखिएको छ ।


 

More form the Internet

loading...