Suvadin, Home

महरा अझै केही दिन अस्पतालमै रहने 

काठमाडौं । यौन दूराचरको आरोपमा पक्राउ परेका कृष्णबहादुर महरा अझै केही दिन अस्पतालमै रहने भएका छन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ परेका थिए । 

प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो।

उनको रगतमा सुगर  देखिएको छ। औषधी खाएकाले रक्तचाप केही ठीक भए पनि महरालाई अहिले अनिद्रा र तनाव (स्ट्रेस) को समस्या रहेको अस्पताल स्रोतले जानकारी दियो।

उनलाई हाल क्याबिनमा राखिएको छ।  महरालाई पहिल्यैदेखि श्वासप्रश्वासको समस्या थियो।

उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।


 

More form the Internet

loading...