Suvadin, Home

अहिलेसम्मको अनुसन्धान यस्तो छ, भोली महराले अदालत समक्ष के भन्लान ?

संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथी यौनदुर्व्यवहारको रोप लागेपछि पूर्व सभामुख महरालई प्रहरीले गत १९ गते पक्राउ गर्‍यो ।

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत एक महिलामाथी यौनदुर्व्यवहारको रोप लागेपछि पूर्व सभामुख महरालई प्रहरीले गत १९ गते पक्राउ गर्‍यो ।  असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोषनी शाहीले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

सोज १७ उनले यौनदुर्यवहार गरेको आरोपमा उनले प्रहरीमा उजुरी गरेकी थिइन् । अहिले तिनै रोषनीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर महरालाई हिरासतमा राखेको छ । 

काठमाडौं महानगरीय प्रहरी परिसर स्रोतका अनुसार प्राविधिक परीक्षण र घटनाको अनुसन्धन लगभग पूरा भएको छ । अब महराको बयान लिन मात्रै बाँकी छ ।  प्राविधिक अनुसन्धानको पक्ष लगभग टुंगिएको छ ।

महरालाई आज अदालतमा उपस्थित गराइने योजना थियो । तर, पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनस्वरुप आज देशभरका सवै तहका अदालत र न्यायाधीकरणमा शोक बिदा दिइएकाले अब महरालाई भोली (मंगलबार) मात्रै अदालत समक्ष उपस्थित गराइने छ । बीचमा दसैंको सार्वजनिक विदा परेकाले पनि महरालाई अदालतमा उपस्थित गराइने प्रक्रया लम्बिएको हो ।

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको स्थल (पीडित महिला) को कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो । महराको डिएनए समेत प्रहरीले परिक्षण गरिसकेको छ ।  प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर महराको रिपोर्ट समेत आइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उता पीडित महिलाले भने स्वास्थ्य परिक्षण गर्न मानेकी छैनन् । प्रहरी स्रोतका अनुसार ति महिलाले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेकी छैनन् भने बेला-बेला बयान फर्ने गरेको बताइएको छ । 

महानगरीय अपराध महाशाखाको सहयोगमा महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको टोलीले महरामाथि अनुसन्धान गरिरहेको छ । 

प्रहरीले घटनाको प्राविधिक विश्लेषणसहितको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसके जनाएको छ । 

उता सरकारी वकिलको कार्यालयले महरासँग बयान लिएर अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी थालेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतका अनुसार अहिले प्रहरीको प्राविधिक अनुसन्धानको प्रतिवेदनलाई ‘एकीकृत’ गर्ने काम भइरहेको छ ।

बाँकी प्रक्रिया भने महरासँग बयान लिएपछि मात्रै सुरु हुने सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ । मंगलबार मात्रै महरालाई अदालतमा उपस्थित गराइएने छ । महरालाई अदालतमा उपस्थित गराइएपछि उनीमाथि अनुसन्धानका लागि म्याद थप हुने छ ।


 

More form the Internet

loading...